दफा ३९
लिक्विडेटर नियुक्ती गर्ने
:– फर्मको हिसाब किताब फछ्यौट गर्न नचाहिदो सुस्ती भयो भन्ने सबूद प्रमाण सहित कुनै साझेदारले उजूर गरेमा सम्वन्धित विभागले फर्म बिघटन गर्ने कार्य गर्न एक वा बढी लिक्विडेटर नियुक्त गर्न सक्नेछ । लिक्विडेटर वा लिक्विडेटरहरुले साझेदारी कबुलियत र यो ऐनबमोजिम बिघटनको कार्य र हिसाब किताबको फछ्यौट गर्नुपर्छ । लिक्विडेटरहरुको काम कारवाई सम्वन्धित विभागको नियन्त्रणमा रहनेछ ।